दैलेखको खर्चेचौरमा ट्याक्टर दुर्घटना, ५ जना घाइते

दैलेखको ठाटीकाँध गाउँपालिका-१मा पर्ने खर्चेचौरमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।
शनिवार स्थानिय देवलगत आधारभूत विद्यालय नुवावन भवनको प्लास्टर निर्माणको लागि बालुवा लिएर जाँदै गरेको लु ४ त ८३७५ नम्बरको ट्याक्टर अनियन्त्रित दुर्घटना भएको हो । ट्याक्टर रोडबाट कबिर २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा ठाटीकाँध गाउँपालिका- १ नुवावनका १७ वर्षीय महेन्द्र शाही, २० वर्षीय कृष्ण जोशी, तपेन्द्र थापा, ३२ वर्षीय नगेन्द्र शाही र सुर्खेत वीरेन्द्रनगर नगरपालिका- ११ का ११ वर्षीय शङ्कर मगर रहेका छन् ।

घाइतेहरूलाई दुल्लु अस्पतालमा प्राथमिक उपचार पश्चात प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको प्रहरीले जनाएको छ ।