
बझाङ असार – बझाङमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । सुर्मा गाउँपालिका वडा नम्बर ५ का ३३ वर्षीया लडे जेठाराको भिरबाट लडेर ज्यान गएको हो । आफन्त चक्रबहादुर बोहोराका अनुसार यार्सा सङ्कलन गर्ने ठाउँ पार्थीबाट घर जान हिँडेका उहाँको हलेलीको भिरबाट लडेर ज्यान गएको हो । हिजो भिरबाट लडेका जेठाराको आज बिहान शव फेला परेको छ । घरमा ७३ वर्षकी आमा गदिदेवि बोहोरा बिरामी परेको खबर पाएपछि जेठारा यार्सा टिप्न छोडेर घर फर्कँदै हुनुहुन्थ्यो ।

यार्सा सङ्कलनकै क्रममा यस वर्ष सुर्मा गाउँपालिकाका ६ जनाले ज्यान गुमाएका छन् । भिरको बाटो साँघुरो र अप्ठ्यारो भएका कारण भिरबाट लडेर र चिसोले कठ्याङ्ग्रिँएर तथा हिमपहिरोमा परि बर्सेनि यस्ता घटना हुने गरेको वडा-१ का वडाअध्यक्ष दिनेशबहादुर बोहोराले बताउनुभयो ।