किन ? गए प्रधानमन्त्री प्रचण्ड आज दैलेख

कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा भएकाे कार्यक्रममा सहभागी हुन् प्रधानमन्त्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दैलेख पुगेका हुन ।यो कार्यक्रम दुल्लू नगरपालिका-१२ स्थित दह गाउँमा भएकाे हाे । दह गाउँ दाहालहरूको उत्पत्ति थलो हो । यो ठाउँ दाशु सन्ततिहरू दाहाल, लम्साल, रुपाखेती, कुँवर तथा राणाहरूको आदी भूमिका रूपमा चिनिन्छ ।

कुल शिरोमणि दाशुको सुरुको बसोबास भएको स्थान दह गाउँमा ६६ इन्चको पूणर् कदको प्रतिमा (सालिक) स्थापना गरिएको छ । प्रधानमन्त्री दाहालले प्रतिमा अवलाेकन पनि गरैका थिए ।नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङको पाँचौँ दीक्षान्त समारोह सकेर प्रधानमन्त्री प्रचण्ड हेलिकप्टरमार्फत दैलेख पुगेका हुन ।