७० हजार घुस सहीत वडाध्यक्ष र वडासचिव पक्राउ

धनुषा नगराइन नगरपालिका-२ का वडाध्यक्ष र वडासचिव पक्राउ परेका छन्।सडक निर्माण सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग ७० हजार घुस वडाध्यक्ष र वडासचिवले लीएका हुन ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दियाबाट खटिएको टोलीले बुधबार वडाध्यक्ष वुलन यादव र वडासचिव अमृत नारायण मिश्रलाई पक्राउ गरेको हो।
७० हजार घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
उक्त सूचना पाएपछि प्रहरीले उनीहरूलाई नगराइन नगरपालिका वडा नं. २ नगराइन चोकबाट पक्राउ गरेको हो।