
सुर्खेत । पुर्बी सुर्खेतको भेरिगंगा नगरपालिकामा एक महिने हाउस पेन्टीङ्ग तथा अटो रिक्सा तथा मोटरसाईकल मर्मत तालिम सम्पन्न भएको छ। भेरिगंगा नगरपालिका उद्योग बिकास तथा शहरी शाखाको आयोजनामा गत बैशाख २९ गते देखि सुरु भएको एक महिने हाउस पेन्टीङ्ग,अटो रिक्सा तथा मोटरसाइकल मर्मत तालिमको नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो। उप-प्रमुख स्वरोजगार कार्यक्रम अंतरागरु उक्त कार्यक्रम संचालन गरिएको थियो। हाउस पेन्टीङ्ग तालिममा नगरपालिका भित्र बाट १० जना र अटो रिक्सा तथा मोटरसाईकल मर्मत तालिम मा पनि १० जनागरि जम्मा २० जनाले तालिम लिएका थिए। तालिम लिएका सबैलाई कार्यक्रममा नगरपालिका उप प्रमुख धनसरा बोहोरा, ५नम्बर वडाका वडा अध्यक्ष प्रेम बहादुर सारु,उद्योग बिकाश तथा सहरी शाखा प्रमुख चित्रा डाँगी लगायतले प्रमाण पत्र वितरण गर्नु भएको थियो।

कार्यक्रममा आफ्नो भनाई राख्दै भेरिगंगा नगरपालिका उपप्रमुख धनसरा बोहोराले एक महिना सम्म सिकेको तालिम लाई सदुपयोग गरि आत्मनिर्भर हुनु पर्नेमा तालिमामा सहभागीलाई आग्रह गर्नु भएको थियो। कसैले रिक्सा वा मोटरसाईकल बनाउने जस्तो सानो काम गरेको भन्छकि भन्ने सोचलाई पर धकलेर आफ्नो सिप प्रयोग गरि सानो ब्यबसाय बाट ब्यापार सुरु गर्न उहाले आग्रह गर्नु भएको थियो। यस्तै कार्यक्रममा उद्योग बिकास तथा शहरी शाखा प्रमुख चित्रा डाँगी तथा ५ नम्बर वडाका वडा अध्यक्ष प्रेम सारुले तालिम लिएका सबैलाई तालिमको भरपुर सदुपयोग गर्न अनुरोध गर्दै आबश्यक परेको खण्डमा पूण: यहि कार्यक्रमलाई थप सिप बिकासको लागि आगामी वर्ष निरानातारता दिन सकिने समेत बताउनु भएको थियो। कार्यक्रमको संचालम उध्योप्ग बिकाश सहजकर्ता लाल बहादुर कार्की र सुनिता जैसीले गर्नु भएको थियो। तालिममा सहभागीले आफुले सिकेको तालिमलाई तत्काल ब्यबहारमा लागु हुने गरि काम गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए।