‘राम्रो भविष्यका लागि शिक्षा’ भन्ने नारा सहित सुर्खेतमा ‘वर्ल्ड स्कुलको नेपाल टुर’ कार्यक्रम

काठमाडौंको वर्ल्ड स्कुलले बृहत शैक्षिक कार्यक्रम ‘नेपाल टुर’ सुर्खेतमा सम्पन्न गरेको छ । ‘राम्रो भविष्यका लागि शिक्षा’ मूल नाराका साथ ‘वर्ल्ड स्कुलको नेपाल टुर’ वीरेन्द्रनगर सुर्खेतमा बृहत शैक्षिक कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । कार्यक्रममा विद्यालयका सञ्चालक ई.डा.मिथिलेशकुमार झाले कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास तथा प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्ने मान्यताका साथ वर्ल्ड स्कुलले आफ्नो शिक्षण पद्धतिलाई अगाडि बढाउँदै आएको बताउनु भयो ।

शिक्षामा देशको लगानि विदेश पलायन भइरहेको देखेर आफुहरूले गुणस्तरीय शिक्षा विदेश भन्दा पनि देशमै दिन सक्ने वातावरणका लागि विद्यालय निर्माण गरेको डा। झाले बताउनु भयो । कार्यक्रमका विशेष अतिथि सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यष गणेश वस्नेतले गुणस्तरीय शिक्षाका लागि काठमान्डौं वर्ड स्कुलले उपत्यका बाहिरका विद्यार्थीहरुलाई शिक्षा पहुँच बढाउन आयोजना गरेको नेपाल टुर क्रार्यक्रम महत्वपूर्ण भएको बताउनु भयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशर बहादुर दुलालले आफ्नो अनुभव आदानप्रदान गर्नुका साथै वर्ल्ड स्कुलमा हुने पढाई र विद्यार्थीले अहिलेसम्म गरेको प्रगतिबारे जानकारी दिनुभएको थियो । काठमाडौं वर्ल्ड स्कुलले यसअघि धरान, विर्तामोड़, इटहरी, दाङ्ग लगायतका स्थानहरूमा पनि कार्यक्रम सम्पन्न गरिसकेको छ ।