
कालिकोट । कालिकोटमा डबल क्याप जिप दुघर्टना हुँदा ३ जनाको मृत्यु भएको छ । हिजो शनिबार राति करिव ११ बजे कालिकोटको शुभकालिका गाउँपालिका-६ मा पर्ने चिसापानीस्थित पानतडी सडकखण्डमा बजारबाट हाउडीतर्फ आउदै गरेको लु १ च ८४९८ नं.को डबल क्याप जिप दुघर्टना हुँदा ३ जनाको मृत्यु भएको हो ।

डबल क्याप सडकबाट करिब १५० मीटर तल खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउने ३० वर्षका हर्के कामी, कालिकोट शुभकालिका-८ बस्ने ३१ बर्ष वर्षिय रामबहादुर शाही र दैलेख नौमुले घर भएका अन्दाजी २५ वर्षिका गोपाल सलामी मगर रहेका छन् ।

थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय कालिकोटबाट प्रहरी टोली जिल्ला प्रहरी कार्यालय कालिकोट जनाएको छ ।