५ पालिकाका १८ जना युवा सुशासन अभ्यासकर्ताहरुलाई क्षमता अभिवृद्धि तालिम प्रदान

सुर्खेत, दैलेख र जाजरकोटका पाँच पालिकाका १८ जना युवा सुशासन अभ्यासकर्ता हरुलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । सुर्खेतको लेकबेसी र सिम्ता गाउँपालिका, दैलेखको गुराँस र डुंगेश्वर गाउँपालिका र जाजरकोटको भेरी नगरपालिकाबाट छनोट गरिएका ३/३ जना गरी १८ जना युवा शुसासन अभ्यास कर्तालाई ‘स्थानीय शासनमा युवा संलग्नता प्रवर्द्धन (प्रयाल)’ परियोजनाअन्तर्गत क्षमता अभिवृदी तालिम प्रदान गरिएको हो ।

सुर्खेतको वीरेन्द्रनगरस्थित सिद्धार्थ होटलमा भएको युवा सुशासन अभ्यासकर्ताहरुको क्षमता अभिबृद्वि कार्यक्रम युरोपियन युनियन र हेल्भाटास नेपालको आर्थिक सहयोगमा सम्भव भएको हो । आइडिया इन्टरनेशनलको प्राविधिक सहयोग र महिला सशक्तिकरण मन्च नेपालको व्यवस्थापनमा जेठ २४ गतेदेखी जेठ २६ गतेसम्म सम्पन्न गरिएको थियो ।

तीन दिने क्षमता अभिवृद्धि कार्यक्रमको पहिलो दिन सुशासन कर्ताहरूलाई सुशासनको सैदान्तिक प्रशिक्षण प्रदान गरिएको थियो भनें दोस्रो र तेस्रो दिन व्यावहारिक सुशासन अभ्यास गराईएको थियो । जसमा प्रदेश सुशासन केन्द्रका संयोजक प्रकाश गाह, नरबहादुर सुनुवार र कृष्णप्रसाद शर्माले तालिम दिएका थिए ।

तालिमले सुशासनमा युवाको भूमिका, अरूलाई प्रेरणा दिनुअघि व्यक्तिगत रूपान्तरणको महत्त्व, सुशासनका आयाम, अभ्यासहरू, युवा, शासन र राजनीतिक प्रणालीबीचको सम्बन्धलगायत सुशासनका विभिन्न पक्षहरू समेटिएको थियो।

अध्यक्ष सुनिता चन्दको अध्यक्षतामा महिला सशक्तिकरण मञ्च नेपालले कार्यक्रमको व्यवस्थापनलाई सहजीकरण गरेको थियो जसमा कार्यकारी निर्देशक लक्ष्मी जिसी, प्रादेशिक संयोजक डण्डीराज उपाध्य र अनुगमन अधिकृत राम विकले सहजीकरण तथा व्यवस्थापन गरेका थिए ।

यस क्षमता अभिवृद्धि तालिमको प्राथमिक उद्देश्य १६ देखि २४ वर्ष उमेरका युवाहरूलाई सुशासनको ज्ञान प्रदान गर्नु थियो । युवा र स्थानीय सरकारबीच सुदृढ सम्बन्ध बढाउन, स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न र दिगो संयन्त्र स्थापना गर्ने उद्देश्यले युवाहरूलाई कम उमेरदेखिनै सुशासन सिकाएर सुशासन स्थापना गर्ने परियोजनाले दीर्घकालीन उद्देश्य राखेको छ ।

क्षमता अभिवृद्धि तालिम सम्पन्न भएपछि महिला सशक्तीकरण मञ्च नेपालले छनोट भएका पालिकाहरूसँग सहकार्य गरी युवा सुशासन अभ्यासकर्ताहरूलाई ती स्थानीय तहमा परिचालन गरी विभिन्न सुशासनका गतिविधिहरूमा सक्रिय रूपमा संलग्न गराइने छ ।

महिला सशक्तिकरण मन्च नेपालकी अध्यक्ष सुनिता चन्दले स्थानीय सरकारमा यी युवा सुशासन अभ्यास कर्ताहरूहरूको सहभागिताले जनतामा सरकारको चाहनाको प्रभाव स्थापित गर्न मद्दत पुग्ने बताउनुभएको छ । यसले स्थानीय तह सञ्चालनलाई समुदायको आकांक्षासँग मेल गराउन, स्थानीय शासन प्रणालीमा जवाफदेहिता र पारदर्शिता बढाउन पनि योगदान पुयाउनेछ । चन्दले युवाहरूलाई सानैदेखि सुशासनका बारेमा सिकाउने र स्थानीय समुदायसँगको सम्बन्धलाई सहजीकरण गर्नाले स्थानीय तहलाई आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक विकासका लक्ष्यहरू हासिल गर्न मदत पुग्ने बताउनु भयो ।

प्रादेसिक संयोजक डण्डीप्रसाद शर्माले ‘प्रयाल’ परियोजनाले गाउँ र पालिकामा गतिशील, सहभागितामूलक र जवाफदेही शासन प्रणालीको स्थापनामा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले यस परियोजनाले यी युवा सुशासन अभ्यासकर्ताहरूहरूले नागरिक चेतनाको विकासलाई गति दिने र जनताको नजिकका स्थानीय र अन्य सरकारी निकायहरूसँग प्रभावकारी समन्वय गर्न सहज हुने बाताउनु भयो ।

यस परियोजनाले सरकारका सेवाहरूको वितरण र प्रभावकारी प्रवाहमा मद्दत पुग्नेछ भनें बस्ती स्तरका समस्याहरूको पहिचान गर्न सहज गराई प्रभावकारी रूपमा सम्बोधन गर्न मद्दत पुर्याउने छ । साथै, पछिल्लो समय युवाहरूमाझ बढ्दो राजनीतिक वितृष्णा कम गराउनमा पनि मद्दत पुर्याउने छ ।