जुम्लामा चोरी मुद्दाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ

जुम्ला | जिल्ला प्रहरी कार्यालय जुम्लाले चोरी मुद्दाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ गरको छ ।

जुम्ला जिल्ला अदालतले ७७ साल चैत्र ३० गते चोरी आरोपमा १ बर्ष ८ महिना १ दिन कैद सजाय र रु.२०,०००।- जरिवाना सजाय तोकिएका चन्दननाथ नगरपालिका वडा नं. ४ का २० वर्षे दुर्ग बहादुर नेपालीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा दुर्ग नेपालीलाई उनकै निवासबाट पक्राउ गरिएको थियो ।

थप कानूनी पक्रियाको लागि जिल्ला अदालत जुम्ला बुझाइएको छ ।