सुर्खेतका निजी विद्यालयमा एक हप्ता गर्मी बिदा

सुर्खेत । सुर्खेतका निजी विद्यालयहरू एक हप्ताकालागि बन्द हुने भएका छन् । गर्मी बढ्न थालेपछि निजी विद्यालयहरूले एक साताका लागि बिदा दिएका हुन् ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल ‘प्याब्सन’को सुर्खेत कार्यसमितिले सुर्खेतका निजी विद्यालयहरूलाई पत्राचार गर्दै एक साताका लागि गर्मी बिदा दिन भनेको छ । सोहीअनुसार नै विद्यालयहरूले २४ जेठदेखि ३० जेठसम्मका लागि पठनपाठन क्रियाकलाप रोकेका छन् ।प्याब्सनले अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्य अवस्थामा समस्या सिर्जना हुन सक्ने बताउँदै वातावरणमा सुधार आएपछि जेठ ३१ गतेबाट पठनपाठन सुरु गर्ने बताएको छ ।