नवलपरासीमा दम्पत्तिको विभत्स हत्या


नवलपरासी , जेठ २३ । नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पत्तिको विभत्स हत्या भएको छ । नवलपरासी गाउँपालिकाको वडा नं. ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक (एसपी) विनोद सिलवालले जानकारी दिए ।उनीहरुको सोमबार राति टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरी उपरीक्षक एसपी विनोद सिलवालले जानकारी दिए ।

उनीहरुको घर गाउँकै बैरिहवामा छ । घरमा छोराछोरीहरु बस्दै आएका थिए । उनीहरु भने गाईबस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए । सोही गोठमा उनीहरुको हत्या भएको हो । हत्या भएपछि उनीहरुको शव आँगनमा फालिएको थियो । खेतिपाती गर्दै आएका दम्पत्तिको कस्ले हत्या गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।