रुकुमपश्चिममा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

रुकुमपश्चिम | जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले लामो समयदेखि रुकुमपश्चिममा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । रुकुमपश्चिमको सानिवेरी गाउँपालिका वडा नम्बर १ भण्डारवनका ५७ वर्षीय वीरबहादुर खड्कालाई पक्राउ गरेको हो ।

सूचनाका आधारमा प्रहरी चौकी पुर्तिमकाँडा रुकुम पश्चिमका बरिष्ठ हवल्दार मेखबहादुर बस्नेतको नेतृत्वमा खटिएको विशेष टोलीले तुरुन्तै अपरेसन गरी खड्कालाई पक्राउ गरेको हो । उनि सानिभेरी गा.पा. १ चाईनाबगरबाट पक्राउ परेका हुन् ।

पक्राउपछि वीरबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम पठाई थप कानुनी अनुसन्धान गरिने भएको छ ।