विश्व वातावरण दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा वृक्षारोपण

सुर्खेत । आज विश्व वातावरण दिवस नेपालसहित विश्वभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ। हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले मनाउँदै आएकाे बाताबरण दिवस ‘केवल एउटा पृथ्वी’ भन्ने मुल नारासहित यस वर्ष पनि बिश्वभर मनाइँदैछ ।

नेपालमा पनि सरोकारवालाले आ-आफ्नो ठाउँबाट विश्व बातावरण दिवस मनाउँदै छन् ।

यसैबीच ग्लाेबल आ.ई.ए.मि बैंक लिमिटेड कर्णाली प्रदेश र सुर्खेत शाखाका कर्मचारीहरूले रत्न राजमार्ग अन्तर्गतको मुख्य सडकखण्ड वीरेन्द्रनगर नगरपालिका भित्र रहेकाे सुर्खेत हस्पिटल देखि पश्चिमकाे बाङ्गेसिमल सम्म टेकुमा, चाँदनि, असारे, करबिर,कल्कि फुल, स्टाेनिया फुल लगायतका विभिन्न प्रजातिका पचास विरूवा रोपेर विश्व वातावरण दिवस मनाएका छन् ।

कर्मचारीहरूले सुर्खेतको वीरेन्द्रनगरमा साेमबार बिहानै बैंकका प्रदेश प्रमुख बिभुषण,सुर्खेतमा रहेका दुई शाखा प्रमुख कृष्णराज बराकाेटि, अनुजसिंह ढढाल र स्थानीय प्रतिनिधिको उपस्थितिमा वृक्षारोपण गरेकाे बैंककाे प्रदेश कार्यलयका कर्मचारी रमेश बाेहाेराले जानकारि दिनुभएकाे छ ।

बिग्रदै गरेको वातावरणीय अवस्था र यसले उत्पन्न गर्ने चुनौतीको सामाना गर्न सर्बसाधारणलाई सचेत गराई आम मानिसहरुलाई आजैदेखि सचेत गराउन यो कार्यक्रमको आयोजना गरिएको बैंकका सर्खेत शाखा प्रमुख कृष्णराज बराकाेटिले बताएका छन् ।