डोटीमा असहाय तथा टुहुरा विद्यार्थीलाई झोला बितरण


डोटी , जेठ २२ । डोटीका असाय तथा टुहुरा विद्यार्थीहरुलाइ झोला, कपि, र कलम बितरण गरिएको छ । वडाध्यक्षसँग असाय तथा टुहुरा बालबालिका कार्यक्रम अन्तर्गत डोटीका ७५ जना असाय बिद्यार्थीहरुलाइ पढाईमा केही सहजता होस् भन्ने हेतुले केही आर्थिक सघै झोला बितरण गरिएको हो । एसपटक बजेट धेरै नभएकाले कार्यक्रम सोचेजस्तो राम्रो हुन नसकेको र थोरै भएपनी असाय तथा टुहुरा बिद्यार्थीहरुलाइ सरकार भएको अनुभुती दिलाउने बडिकेदार गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष पदम सिह बोहराले बताउनुभयो ।

बडिकेदार गाउँपालिका वडा नम्बर ५ले विद्यार्थीहरुलाइ झोला कपि कलम बितरण गर्दा विद्यार्थीको पढाइ लेखाइमा अलि सहज हुने केदारेश्वर माध्यामिक बिधालयका प्रधानाध्यापक डम्बर बहादुर मल्लले बताउनुभयो । आफू जस्ता आमा बुवा गुमाएका विद्यार्थीहरुलाइ वडा कार्यलयले सहयोग गरेकोले पढाईमा सहयोग पुग्ने विद्यार्थीले बताएका छ्न ।