
चितवन , जेठ २२ । मोटरसाइकल दुर्घटना हुँदा भरतपुरमा एक जना युवकको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका १९ का २७ वर्षीय सन्तोष गुरूङको दुर्घटनामा परेर ज्यान गएको हो । सन्तोषले चलाएको ना ६४ प ६७० नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजेतिर भरतपुर-५ कल्याणपुरको भित्री सडकमा अनियन्त्रित भई पल्टिएको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनाका कारण मृतक गुरूङको नाक र मुखमा गहिरो चोट लागेको थियो । भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत उनको सोमबार बिहान पौने तीन बजेतिर मृत्यु भएको डीएसपी पण्डितले बताए ।