जातीय भेदभाव र छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा दैलेखमा महिला सशक्तिकरण मञ्च नेपालको अन्तरक्रीया कार्यक्रम


दैलेख । दैलेखमा महिला सशक्तिकरण मञ्च नेपालले जातीय भेदभाव र छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा छुवाछुत मुक्त राष्ट्र घोषणा कार्यान्वयन अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । महिला र सिमान्तकृत समूहको न्यायमा पहुँच अभिवृद्धि परियोजना अन्तर्गत महिला सशक्तिकरण मञ्च नेपालले दैलेख जिल्ला समन्वयको हलमा उक्त कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला अदालत दैलेखका न्यायाधिस बलराम लम्साल, बिशेष अतिथिमा दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश कोइराला रहेका थिए भने कार्यक्रममा सरोकार वाला र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।


कार्यक्रमको सभाध्यक्षमा महिला सशक्तिकरण मञ्च नेपालकी अध्यक्ष सुनिता चन्द रहेकी थिइन् । कार्यक्रम अवधिभर जातिय भेदभाव र छुवाछुको वर्तमान अवस्था र परिस्थितिको सामना गर्दै आगामी दिनमा गर्नु पर्ने गतिविधिहरु बारे छलफल तथा अन्तरक्रिया गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै न्यायाधिस बलराम लम्सालले नेपालमा पूणर् रुपमा छुवाछुत अन्त्य नभएको र पहिलेको भन्दा केही परिवर्तन भएको बताए ।


महिला सशक्तिकरण मञ्च नेपालकी अध्यक्ष तथा सभाध्यक्ष सुनिता चन्दले छुवाछुतमुक्त समाज निर्माण गर्न र जातिय विभेद लगायतका अन्य विकृतिहरुको उन्मूलनको लागि विभिन्न जिल्लामा रहेर महिला सशक्तिकरण मञ्च नेपालले काम गरिरहेको बताउँदै कार्यक्रम समापन गरेकी थिइन् ।


यथाशिघ्र संघीय शिक्षा ऐन जारी गर्न दवाव ः
कार्यक्रममा यथाशिघ्र संघीय शिक्षा ऐन जारी गर्न दबाबमूलक हस्ताक्षर संकलन कार्यक्रम पनि गरिएको थियो । उक्त हस्ताक्षर कार्यक्रममा उपस्थित सबैले हस्ताक्षरसमेत गरेका थिए ।