
जेठ २१, सुर्खेत । सुर्खेतको भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको गुर्भाकोट नगरपालिका–८ सुँगरखाली बस्ने ११ वर्षीया जीवन विकको पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको हो ।

सुर्खेत स्थित गुर्भाकोट–९ अन्तरगतको भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको स्रोतले जनाएको छ ।
भेरी नदीको तलाउमा पौडी खेल्ने क्रममा डुबेका जिवनको मेहलकुना अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
