कालिकोटमा ढुक्कुरलाई हानेको गोली लागेर १७ वर्षिय किशोरीको मृत्यु

जेष्ठ २१, कालिकोट । शिकारीले चलाएकाे गोली लागेर जिल्लाकाे नरहरीनाथ गाउँपालिका वडा नम्बर ५ रुप्साकी १७ वर्षिय किशोरी एलिसा सहकारी को मृत्यु भएको छ । जेठ १९ गते सोहि ठाउँकै एक सिकारीले ढुक्कुरलाई हानेको गोली लागेर घाईते भएकी एलिसा सहाकारीको उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते सहकारीको प्रथामिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार हुन नसकेपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो । उपचारकै क्रममा २१ गते प्रदेश अस्पताल सुर्खेतमा उनको मृत्यु भएको स्थानिय नेत्रराज बाेगटिले जानकारी दिए ।

बाेगटीका अनुसार रुप्साकै एक स्थानियले बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी एलिसाको टाउकोमा लागेको थियो । गोली प्रहार गर्ने शिकारीको नाम भनें खुलाईएको छैन् । उनका अनुसार कक्षा १० मा पढ्ने किशोरी सहकारीको आजै पोष्टमाडम गरी अन्तेष्टी गरिएको छ ।

घटना के ? कसरी ? घटेको हो भन्ने बारेमा बुझ्नका लागि प्रहरी घटना स्थल तर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

प्रहरी निरिक्षक शुभराज बमले भने “गाेलि लागेर घटना घटेकाे हाे भन्ने छ हामी घटना स्थलमा जाँदै छाै घटनाकाे अनुसन्धान भइरहेको छ” ।