कर्णालीबाट बैदेशिक रोजगारमा जानेको संख्या ९४ हजार


सुर्खेत । बैदेशिक रोजगारका लागि जानेको संख्या अन्य प्रदेशको तुलनामा पछिल्लो समय कर्णाली प्रदेशबाट देशभरमै कम देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको एक सर्बेक्षणका अनुसार कर्णालीलीबाट बैदेशिक रोजगारका लागि जानेको जनसंख्या ६२ हजार ७२८ परिवारबाट ९४ हजार ३२० जना रहेको छ । कर्णालीमा विदेश बस्नेको संख्या अन्य प्रदेशका भन्दा कम देखिएको उक्त सर्बेक्षण बाट बुझ्न सकिन्छ । सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट चार लाख २० हजार ९०६ जनाको विदेश बसोवास रहेको सर्बेक्षणको तथ्यांकमा देखिन्छ ।

२०६८ को जनगणना अनुसार ६७ हजार ५८२ जना विदेशमा बसोवास गर्ने व्यक्तिको संख्या थियो भनें हाल ७७ हजार २७८ अर्थात् ८१.९ प्रतिशत पुरुष र १७ हजार ४२ अर्थात् १८.१ प्रतिशत महिलाको बसोबास विदेशमा रहेको उक्त सर्बेक्षणको तथ्यांकले बुझाउँछ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार आठ लाख २३ हजार ७६१ पुरुष र आठ लाख ६४ हजार ६५१ महिला रहेको कर्णाली प्रदेशको कुल जनसंख्या १६ लाख ८८ हजार ४१२ रहेको छ । यहाँ पुरुषको तुलनामा महिलाको जनसंख्या करिब ४१ हजारले बढी रहेको देखिन्छ । जनगणना २०६८ मा नसमेटिएको र योपटक गरिएको जनगणनामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक (अन्य लिङ्गी)लाई पनि समेटिएको छ । देशभरको कुल जनसंख्याको २.८ प्रतिशत कर्णालीमा रहेको छ ।

कर्णालीमा १० वर्ष वा सोभन्दा बढी उमेरका छ लाख ६८ हजार ७१५ जनामध्ये आर्थिक रूपमा सक्रिय अक्सर रोजगारको संख्या छ लाख १८ हजार ४८७ रहेको छ भने ५० हजार २२८ जना बेरोजगार रहेको तथ्यांकले देखाएको छ । यीमध्ये विद्यार्थी भएकोले आर्थिक रूपमा काम नगर्नुको प्रमुख कारण देखाइएको छ । साथै वृद्ध अवस्था, पारिवारिक हेरचाह, अशक्त विरामी, पेन्सन, सामाजिक कार्य लगायतका कारण रहेका छन् । ५ वर्ष वा त्यसभन्दा बढी उमेरका कुल जनसंख्यामा ७६.१ प्रतिशत साक्षरतादर रहेको छ । तीमध्ये सबैभन्दा बढी प्राथमिक तह (३०.९ प्रतिशत), दोस्रोमा निम्न माध्यमिक तह (२१.५ प्रतिशत), एस. एल.सी वा सो सरह (८.० प्रतिशत) र सो भन्दा माथिल्लो तह उत्तीणर् गर्नेहरू १५.८ प्रतिशत रहेको तथ्यांक छ ।

कणर्ालीमा वार्षिक औसत जनसंख्या ०.७० प्रतिसतले वृद्धि भैरहेको छ । कर्णाली प्रदेशका १० ओटै जिल्लाको तुलनामा प्रदेको राजधानी रहेको जिल्ला सुर्खेत मा भने सबैभन्दा बढी १.६२ प्रतिसत र सबैभन्दा कम दैलेखमा -०.३५ प्रतिशत रहेको छ । कर्णालीमा सबैभन्दा धेरै जनसंख्या रहेको जिल्ला सुर्खेतमा चार लाख १५ हजार १२६ छ भने सबैभन्दा कम डोल्पामा ४२ हजार ७७४ रहेको छ ।

तथ्यांक का अनुसार कर्णालीका ६१.४ प्रतिशत परिवार घरपरिसरमै र २४.१ प्रतिशत परिवारले मूल धारबाट खानेपानी प्रयोग गर्ने गरेका छन् । केही समय पहिले सौर्य उर्जा एकदमै बढी प्रयोग हुने कर्णालीमा पछिल्लो समय विद्युतका राष्ट्रिय प्रसारणलाईन जोडिएसंगै सौर्य उर्जाको प्रयोग घटेर ४७.९प्रतिसत पुगेको छ भने ४९.६ प्रतिशत नागरिकले विद्युतको प्रयोग गरेका छन् ।

कार्यालय अनुसारको नतिजानुसार देशका १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना विदेशमा अक्सर बसोवास रहेका छन् ।