दैलेखमा यौन ब्यावसायकाे मुद्दा स्थानिय र प्रहरीकाे अाअाफनै दाबी ,

केही समय अगाडी दैलेखमा यौन ब्यावसाय संचालन गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेपछी यो कुराले कणर्ालीमा एउटा तरंग उत्पन्न गरेको छ ।

प्रहरीले यौन ब्यावसाय संचालन गरेको आरोपमा संचालकलाई नै पक्राउ गरेको र स्थानिय लगाएत होटेल ब्यावसायीले प्रहरीले फासाउन खोजेको आरोप लगाएपछी यो बिषयमा के भएको हो त भन्ने बुझनका लागि हामी दैलेख जिल्लामा पुगेका थियौ ।

यौन ब्यावसाय जस्तो समाजलाई दुर्गन्धित र बदनाम बनाउनेहरुलाई कारवाही गरेको भनेर प्रहरीलाई सलाम गर्न दैलेख पुगेका हामी यथार्थ बुझीसकेपछी प्रहरीलाई नै बाँया हातले धारेहात लगाएर फर्किएका छौ ।

घटनाको नालिबेली हेर्दा क्षणभरमै सजिलै कुरा बुझन सकिन्छ । जिल्ला प्रहरी कार्यालय दैलेखले होटल ब्यावसायीलाई फसाउने योजना बनाउछ, टिम तयार गर्छ र योजना अनुसार पहिलो रोल सिभिल ड्रेसमा रहेका घुमुवा प्रहरीले निर्वाह गर्छन ।

घुमुवा प्रहरी होटलमा जान्छन, पैसा दिएर होटल संचालकलाई २ जना केटी बोलाईदिन आग्रह गर्छन, होटल संचालकले एकजना केटी लाई फोन गर्छन, ति केटीले अर्की साथीलाई समेत ल्याएर आउछिन, घुमुवा प्रहरी र केटीको भेट हुने बित्तीकै एकजना केटीलाई कोठा भित्र लगेर त एक जना केटीलाई बाहिरै बाट योजना अनुसार, पक्राउ गरिन्छ ।

प्रहरी कार्यालय भित्र प्रहरीले जर्वजस्ती यौन ब्यावसायमा लगाएको भन्दै पक्राउ गरिएका यूवतीका तर्फबाट मुद्धा तयार गर्छ, आरती होटलका बिरुद समेत जाहेरी तयार गर्छ, र दुईजना केटीलाई दस्तखत गर्न लगाएर आरती होटलका संचालकलाई समेत पक्राउ गरेर थुनामा राख्छ ।

आफै पैसा दिएर लगत धन्दाका लागि संचालकलाई आग्रह गर्ने, राजी बनाउने र फसाई दिने प्रहरीको यो कदम साच्चीकै निन्दनिय छ ।

आश्चर्य र चाखलाग्दो बिषय त के छ भने यो होटलको ढोका बाट जिल्ला अदालतको ढोकाको दुरी जम्मा १५ मिटरको पनी छैन । होटेलभन्दा १५ मिटर अगाडी मात्रै होटल तिरै फर्केर २४ सै घन्टा प्रहरी डिउटीमा रहेको हुन्छ, होटल भन्दा ५० मिटर वरी परीको दृष्य हेर्ने हो भने छेवैमा नगरपालिका छ, अगाडी जिल्ला प्रहरी कार्यालयको गेट छ र गेटमा २४ सै घन्टा प्रहरी तैनाथ हुन्छन, जिल्ला समन्वय समिति अगाडी नै छ, २ नम्बर वडा कार्यालय त्यही छ ।

वरी परी दर्जन भन्दा बढी सरकारी कार्यालय छन र ति कार्यालयका अधिकांश कर्मचारीले खाना र खाजा खाने होटल भनेकै त्यही हो ।यस्तो होटलमा यौन ब्यावसाय हुन्छ भनेर कतैबाट पनी पत्याउन नसकेपछी हामीले दैलेखका प्रहरी प्रमुख डिएसपी किशोर लम्सालई फोन गरेर सत्य तथ्य बुझन खोजेका थियौ ।

पहिलो पटक मिटिंगंमा भएको भनेर पन्छीएका डिएसपीले पुनः फोन उठाउनै भएन । र हामीले दैलेख मुद्धाफाँटका ईन्सपेक्टरलाई फोन लगायौ । र उहाँको फोन उठेन ।
हामीले होटलका दाँया र बाँया रहेका अन्य ब्यावसायीहरुको समेत प्रतिकृया लिएका छौ । कसैले पनी होटेलमा यौन ब्यावसाय नभएको दावी गर्छन ।

यौन ब्यावसाय जस्तो जघन्य अपराधमा प्रहरीले नै नियोजित तरिकाले यो प्रकारको आतंक सृजना गरेपछी ब्यावसाय नै नगर्ने मनस्थितीमा पुगेको होटल ब्यावसायीले बताएका छन् ।प्रहरी हाकिमको काम देखाउने यो खुरापाती आईडियाले नागरिकलाई मात्रै अन्याय गरेको छैन ।

सरकारी सम्पत्तीको सुरक्षाका लागि १२ बजेको चर्को धुपमा आन्दोलनकारीका ढुंगा खादै एउटा बफादार सिपाहिले कमाएको ईज्जत माटोमा मिलाईदिएको छ । नागरिकको सुख्खमा होस या दुख्खमा, नागरिकको संयमितताका लागि उनिहरुको आवेगलाई शान्तपार्न आफ्नो टाउको फुटालेर देशभक्त प्रहरीले आर्जन गरेको उच्चा सम्मानको खिल्ली उडाईदिएको छ ।

गुजारा गर्न पनी धौ धौ हुने तलव बुझेर, असहज परिस्थितीमा समेत २४ सै घन्टा खटिएर नागरिकको मनमा खडा गरिएको बिस्वास भक्तीएको छ ।हामी सुझाव दिन चाहन्छौ । काम देखाउनका लागि फन्डा सृजना गरिरहन जरुरी छैन । सोझा स्थानियहरुको इज्जत, ब्यावसाय र सामाजिक प्रतिष्ठामा खेलिरहन जरुरी छैन ।

चोर, डाँका, ठगहरु र राज्य संयन्त्रको दुरुपयोग गरेर ढाडिएका किर्ना र समाजका धमिराहरुलाई तह लगाउनुस प्रहरीको त्यो बहुतै राम्रो उपलब्धी हुनेछ ।