सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम ,अब पालो युवाको : शेरबहादुर देउवा

शनिबार नेपाली काँग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले पार्टीमा कसैको विरोध गरेर सभापतिलाई गाली गरेर पार्टी बलियो नहुने बताएका छन् ।

देउवाले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै अब युवा पुस्ताकै पालो अाएकाे बताए ।

पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेकोे र पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क बिस्तार गर्नुपर्ने बताए ।

आफूले नेपाली काँग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको भन्दै सबैले सहयोग गरे मात्रै काँग्रेसकाे अस्तीव रहने बताए ।