
नेपालगञ्ज,जेठ १८ गते । नेपाल र भारतबीच एकीकृत जाँच चौकी (आईसीपी) निर्माण गर्ने सम्झौताको १८ वर्षपछि नेपालगन्ज आईसीपी सञ्चालनमा आएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आईसीपीको बिहीबार नयाँ दिल्लीबाट संयुक्त रूपमा स्विच अन् गरी भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्।

दुवै देशका तर्फबाट आयात- निर्यात सुरु गरी सो जाँच चौकी सञ्चालनमा आएको हो। नेपाल र भारतबीच सन् २००५ मा आईसीपी निर्माण गर्ने सम्झौता भएको थियो। भारतीय केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले २०७५ माघ १ गते भारततर्फको आईसीपी शिलान्यास गरेका थिए। त्यसको दुई वर्षपछि अर्थात् २०७७ कात्तिकमा मात्र नेपालतर्फ भूमिपूजन गरिएको थियो।