
बासिङटन डिसी । कोलोराडोमा आयोजित अमेरिकी वायुसेना एकेडेमीको स्नातक समारोहमा डिप्लोमा हस्तान्तरण गर्ने क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन लडेका हुन्।

उमेरले ८० वर्ष पुगेका सबैभन्दा वृद्ध राष्ट्रपति हात मिलाउने क्रममा खुट्टा फर्किँदा उनी लडेका थिए, उनलाई तुरुन्तै सुरक्षाकर्मीले मद्दत गरेर उठाएका थिए।
सो कार्यक्रममा उपस्थित रहेका ९ सय ८१ स्नातक क्याडेटहरू प्रत्येकसँग हात मिलाउन राष्ट्रपति करिब डेढ घण्टा उभिएका थिए। ह्वाइट हाउसका सञ्चार निर्देशकले अहिले उनी ठीक रहेकाे बताए । हात मिलाउँदै गर्दा स्टेजमा बालुवाको झोलामा ठोक्किदा खुट्टा लडबडाउन राष्ट्रपति लडेन पुग्ए, निर्देशक बेन लाबोल्टले बिहीबारको सो घटनावारे ट्विटरमा लेखेका छन्।

’