नेपालबाट तेस्रो देशसम्मको व्यापारका लागि जलमार्गसहित पानी जहाज सञ्चालनको बाटो खुल्यो

काठमाडौं, जेठ १८ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नरेन्द्र मोदीबीच भएको विभिन्न समझदारीमध्ये नेपाल-भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएको छ ।

सन्धिको नवीकरणपछि नेपालबाट समुद्रसम्म पानी जहाज सञ्चालनको बाटो खुलेको छ भने नेपालले भारत र तेस्रो देशसम्मको व्यापारका लागि जलमार्गसहित थप सुविधा पाउने भउकाे हाे ।

बिहीबार भारतको नयाँ दिल्लीमा भएको दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका वाणिज्यमन्त्री पियूष गोयलबीच सन्धिसम्बन्धी सम्झौतापत्र आदानप्रदान भएको हो ।