रक्षामन्त्री पूणर्बहादुर खड्काकी भाइ बुहारी स्वर्गीय सन्जु खड्काको अन्त्यष्टी जेठ १९ गते शुक्रबार गरिने ,

सुर्खेत जेठ १८ । नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूणर्बहादुर खड्काकी भाइ बुहारी स्वर्गीय डा.सन्जु खड्काको अन्त्यष्टी १९ गरिने भएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका प्रमुख डा.डम्बर खड्काकी धर्मपत्नी स्वर्गीय खड्काको बैशाख १९ गते शुक्रबार विहान ११ बजे शवयात्रा तय गरिएको छ । वीरेन्द्रनगर-७ इत्रामस्थित निवासबाट शवयात्रा सुरूभै भेरीको समौजीघाटमा दाहसंस्कार गरिने भएको छ ।

बैशाख १६ गते बाँकेको राप्ती सोनारी गाउँपालिका-८ शम्शेरगन्जको मुगुवा खोलाको सडकमा मंगलबार पश्चिमतर्फ आँउदै गरेको कार र पूर्वतर्फ जाँदै गरेको बस एक आपसमा ठोक्किएको थियो ।
कारमा सवार ५४ वर्षीय डा.सन्जु खड्का र सवारीचालक ३७ वर्षीय सुवास अधिकारीको मृत्यु भएका थियो ।

दुर्घटना पश्चात कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा गम्भिर घाईते खड्का र अधिकारीको मृत्यू भएको थियो ।
डा. खाती वीरेन्द्रनगरस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत हुन् ।
दुर्घटनापछि बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । बसमा सवार ६ जनाको भने मेडिकल कलेज कोहलपुर अस्पतालमा उपचार भइरहेको छ ।