
विराटनगरको एकीकृत भन्सार जाँचविन्दु (आईसीपी) मा निर्माण भएको रेल्वे यार्डसम्म कार्गो रेल सेवा सञ्चालन हुने भएको छ । २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको भन्सार यार्डमा भोलिदेखि रेल आउने भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार नयाँ दिल्लीमा भन्सार यार्डको संयुक्त रुपमा उद्घाटन गरेर कार्गो रेल सञ्चालनको अनुमति दिने तयारी भएको हो ।
प्रधानमन्त्री प्रचण्ड आजै चारदिने भ्रमणका लागि भारत प्रस्थान गरिसकेका छन् ।
