
काठमाडौँ , जेठ १७ । काठमाडौँ नयाँ बजारस्थित एक विद्यालयको छात्रावासमा १३ वर्षीय बालक झुन्डिएको अवस्थामा फेला परेका छन् ।इलिफ्स स्कुलमा कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङ सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकका आफन्तहरु घटनास्थल आउनुअघि नै पोष्टमार्टमका लागि शव अस्पताल लगेपछि उनिहरुले विरोध प्रदर्शन गरेका छन् ।
