सिन्धुलीमा दुर्घटनामा परेर एक बालकको मृत्यु


सिन्धुली , जेठ १७ । सिन्धुलीको घ्याङलेख गाउँपालिका-१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नं को ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका-२ का १४ वर्षीय ट्रयाक्टरका सहचालक लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको हो ।मृतकको शव परीक्षणका लागि सिन्धुली अस्पताल लगिएको छ । दुर्घटनाको कारणबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।