यी ४ राशीका श्रीमतीहरु, श्रीमानलाई धेरै माया गर्छन


कसको चाहाना हुँदैन र श्रीमान् श्रीमती सधै हांसी खुशी बाँचौ । तर कसैको त्यो चाहनामा कहिलेकाँही ठेस लाग्छ, भने कसैको चाहना भने पुरा हुन्छ । कोहि महिला आफ्नो श्रीमानको इच्छा चाहनाको ख्यालै नगर्ने स्वार्थी हुन्छन् भने कोहि महिला आफ्नो श्रीमानलाई सुखी र खुशी राख्न कुनै कसुर बाँकी राख्दैनन् । ज्योतिष शास्त्रका अनुसार कसैले सुख र खुशी खोजेर मात्रै पाउने कुरा होइन

कन्या राशि
यी राशि भएका व्यक्तिले आफ्नो पतिलाई जति दुख परेपनि साथ छोड्दैनन् । यी राशी भएका महिलाहरु आफ्नो कर्मघरमा आफ्नो उपस्थिति बलियो रुपमा प्रस्तुत गर्ने गर्छन । आफ्नो पतिलाई नियन्त्रणमा राख्नको लागि साम, दाम,दण्ड, भेदको समेत प्रयोग गर्न पछि पर्दैनन्। यस राशिका महिलाहरु आफ्नो कर्मघरलाई स्वर्ग बनाउन हर सम्भव प्रयत्न गरिरहन्छन् ।

वृश्चिक राशी
यो राशी भएका महिलाहरु अफ्ठ्यारो परिस्थतिमा रुष्ट रहेका व्यक्तिलाई आफ्नो पक्षमा पार्न सक्ने क्षमताका हुन्छन् । यस राशिका महिलाहरु आफ्नो पतिलाई सजिलैसँग आफ्नो नियन्त्रणमा राख्ने गर्छन् । पतिको कुरा सुन्दै परिवारमा राज गर्ने यस राशिका महिलाहरु आफ्नो कुरा राख्न अलिकति पनि डराउदैनन् । परिवारको हरेक कार्यमा आफै हावी हुने आदत यिनीहरुमा हुन्छ ।

कर्कट राशि
यो राशी भएका महिलाहरु जिद्दी हुन्छन् । साथै अरुलाई सहजै मनाउन सक्ने खुबी यिनीहरुमा हुन्छ । घर परिवारमा हुने हरेक कार्यको निणर्यमा आफ्नै प्रभाव जमाउछन र श्रीमानलाई मनाउन यिनलाई कुनै कठिनाई हुँदैन । कर्कट राशि भएका बुहारीले घरमा राजनै गर्छन् ।

सिंह राशि
यो राशी हुने महिला व्यवहारमा अत्याधिक जिद्दी मानिने र आफ्नो पतिलाई जिद्दीलेनै नियन्त्रणमा राख्न सक्षम हुन्छन् । कर्मघरमा हुने हरेक कार्यमा आफ्नो संलग्नता कायम राख्न खप्पिस हुनाले आफ्नो कर्मघरमा राज नै गर्ने गर्छन् । यस राशिका महिलाहरुसँग हरेक परिस्थितिमा आफ्नै तरिकाले समस्याको समाधान गर्ने खुबी हुन्छ।