बाँकेमा भएको दुर्घटनामा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारीको मृत्यु

मंगलबार बाँकेमा भएको भयानक दुर्घटनामा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी खड्काकी माइली भाइबुहारी ५३ वर्षीया सञ्जु खाती खड्काको मृत्यु भएको छ । बाँके जिल्ला प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठोरका अनुसार सञ्जु सवार कारका चालक गोरखा, आँपपिपलका ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्यु भएको छ।

मंगलबार बेलुका बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोलानजिकै साढे चार बजेतिर नेपालगन्जबाट पूर्वतर्फ जाँदै गरेको बसले सुर्खेततर्फ जाँदै गरेको उनीहरू सवार कारलाई ठक्कर दिएको थियो ।

दुर्घटनाको खबर फैलिएलगत्तै कोहलपुर प्रहरी कार्यालयको सहयोगमा स्थानीय प्रहरी घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको थियो । उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा उनिहरू दुबै जनाको मृत्यु भएको बाँके जिल्ला प्रहरी प्रमुखले जानकारी दिएका छ्न् ।

दुबै सवारी साधनको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । कारमा ठूलो क्षति पुगेको छ भने बसको अगाडिको भाग पनि प्रभावित भएको छ । भाग्यवस, बसमा रहेका २६ यात्रु मध्ये ६ जना घाइते भएपनि उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

यस दुखद घटनाले उपप्रधानमन्त्री खड्काको परिवार र स्थानीय समुदाय शोकमा डुबेका छन् । दुर्घटनामा संलग्न सगरमाथा प्रालिको बसलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।