सन्दीप लामिछाने एकदिवसीय विश्वकप छनौट प्रतियोगिताको लागी दक्षिण अफ्रिका जान नपाउने

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी एकदिवसीय विश्वकप छनौट प्रतियोगिताको तयारीका लागि दक्षिण अफ्रिका नजाने भएका छन् ।

बलात्कारसम्बन्धी मुद्दा टुंगो नलागेकाकारण उनी दक्षिण अफ्रिका जान नपाउने भएका हुन् । आफू दक्षिण अफ्रिका जान नपाउने भएसँगै उनले टिमलाई शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै पूर्वकप्तान लामिछानेले टिमलाई शुभकामना दिएका हुन् । उनले फेसबुकमा आफूलाई टिमप्रति पूणर् विश्वास रहेको भन्दै टिमले विश्वसामु खेल क्षमताको प्रदर्शन गरेको उल्लेख गरेका छन् । उनले फेरि पनि टिमले आफ्नो क्षमतामा विश्वास गर्नुपर्ने जनाएका छन् ।

उनले दक्षिण अफ्रिका यात्राका लागि टिमलाई शुभकामना पनि दिएका छन् ।दक्षिण अफ्रिकामा नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग मैत्रिपूणर् खेल खेल्ने कार्यक्रम छ । त्यसपछि नेपाली टिम विश्वकप छनौट खेल्न जिम्बाब्वे प्रस्थान गर्नेछ ।