कालिकोटमा हत्या आरोपी २ जना फरार अभियुक्त ५ वर्षपछि पक्राउ

जेठ १५, कालिकोट । कालिकोटमा ५ बर्षपछी कर्तव्य ज्यान सम्बन्धी कसूरको फरार अभियुक्त पक्राउ परेका छ्न् । कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त नरहरीनाथ, २ कोटवाडा का ५६ वर्षे विष्णु दमाई र ४७ वर्ष का रुद्र दमाईलाई जेठ १३ गते कालिकोट जिल्ला प्रहरीले पक्राउ गरेको हो ।

नरहरीनाथ गाँउपालिका वडा नं. २ बस्ने सुरत लोहारको हत्या आरोपमा उनिहरूलाई पक्राउ गरिएको हो ।

२०७५ वैशाख १ गते राँगाको मासु लिन गएका नरहरीनाथ गाँउपालिका वडा नं. २ का सुरत लोहार जेठ २ गते वडा नं. ८ मै पर्ने आसिकान्ना खोलामा मृत अवस्थामा फेला परेका थिए । प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा २०७७ वैशाख २९ गते मृतकको बुवा तुले लोहारले आफ्नो छोरा सुरत लोहारलाई विष्णु दमाई र रुद्र दमाईले हत्या गरेको भन्ने जाहेरी दिएपछि उनिहरू विरिद्व पक्राउ पुर्जी जारी भएको थियो ।

घटना भएको पाँच बर्षपछि कोटबाडाबाट प्रहरी टोलिले अभियुक्तलाई फेलापारी पक्राउ गरेको हो । अहिले जिल्ला प्रहरी कार्यालय कालिकोटले उनिहरूमाथि थप अनुसन्धान गरिरहेको छ ।