गुर्भाकोटमा जेष्ठ नागरिक तथा अपाङ्ग सम्मान कार्यक्रम सम्पन्न

जेष्ठ ९, सुर्खेत | गुर्भाकोट नगरपालिका वडा नम्बर १ मा जेष्ठ नागरिक तथा अपाङ्ग सम्मान कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाबाट आर्थिक बर्ष २०७९/८० को विनियोजित बजेटबाट उक्त कार्यक्रम सम्पन्न भएको हो ।

१ नम्बर वडा कार्यालयमा आयोजित उक्त कार्यक्रममा १२० जना जेष्ठ नागरिक र ४ जना अपाङ्ग भएका व्यक्तिहरुलाई प्रति व्यक्ति एक थान बलाङ्केट र फलफुल वितरण गरिएको गुर्भाकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राम बहादुर शाहीले जानकारी दिनु भयो । यस्तै वडा नम्बर १ को बिनियोजित रकम बाट बेशिकतर्फ १७ जना तथा डिप्लोमा तर्फ कम्प्युटर तालिम लिएका ८ जनालाई प्रमाणपत्र बितरण गरिएको अध्यक्ष शाहिको भनाई छ ।

साथै वडा भित्रका १००० दिने आमाहरुलाई पनि पौस्टिक आहार बितरण गरिएको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधि स्वास्थ शाखाका कर्मचारी ,स्वयमसेविका लगाएत स्थानियको उपस्थिती रहेको थियो ।