समिको रुखबाट लडेर एक युवकको मृत्यु

पाल्पा ,जेष्ठ १० — घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएका रैनादेवी छहरा-२, सर्देवाका ४७ वर्षीय डिलबहादुर बुढाथोकीको उपचारका क्रममा मंगलबार राति निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरेन्द्र थापाका अनुसार घर नजिकै घाँस झार्ने क्रममा लडेर घाइते भएका बुढाथोकीको तानसेनस्थित मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घरनजिकैको समीको रुखमा चढेका बुढाथोकी रुखबाट लडेर गम्भीर घाइते भएका थिए । घटनाका सम्बन्धमा प्रहरी चौकी भुसालडाँडा र जिल्ला प्रहरी कार्यालयको टोलीले थप अनुसन्धान गरेको छ ।