सुर्खेतको बराहतालमा भकारी परियोजनाको कार्यशाला गोष्ठी


सुर्खेतको बराहताल गाउँपालिका ५ बड्डीचौरमा सुन्दर नेपाल संस्थाद्वारा सन्चालित भकारी परियोजनाले पालिका स्तरीय जेसिस कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता पालिका उपाध्यक्ष लक्ष्मी पुन मगरले गर्नु भएकाे थियाे । विशेष अतिथिमा महिला तथा बालबालिका शाखा प्रमुख पार्वती कोइराला, अनुगमन तथा मुल्याकन अधिकृत तपेन्द्र साउद, महिला जेसीस अफिसर मन्जु रिमाल र विभिन्न समुदायका अगुवा व्यक्तिहरुको उपस्थित रहेको थियो भने कार्यक्रममा सहजिकरण टीका विष्टले गर्नु भएको थियो ।


कार्यक्रममा लैङ्गिक समानता, सामाजिक समावेशी र लैगिंक समानताका नीति सम्वन्धि जानकारी समेत गराइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष लक्ष्मि पुनले भकारी परियोजनाले स्थानिय सरकारसंग साझेदारी गर्दै कृर्षि, बिपद, सिचाइ जस्ता कार्यक्रम गर्दै अाइरहेकाे बताउनु भएकाे थियाे । भकारी परियोजनाका बारेमा अनुगमन तथा मुल्यांकन अधिकृत तपेन्द्र साउदले भकारी र यसले गर्दै अाइरहेकाे कामका बारेमा प्रस्ट पार्नु भएकाे थियाे । उनले पालिकाका ५ अाेटा वडामा कार्यक्रम गर्दै अाइरहेकाे बताउनु भएकाे छ । यस परियोजनाले विपत् तथा जोखिम न्युनिकरण, सिचाई, कृषि र लैङ्गिक हिंसा सम्बन्धित कार्यहरु गर्दै आएको बताउनु भएकाे छ ।