सप्तरीमा एक पुरुष मृत अवस्थामा फेला


राजविराज , जेष्ठ ८ — सप्तरीको भारदह क्षेत्रमा सोमबार बिहान घाँटी रेटी हत्या गरिएको अवस्थामा एक जनाको शव फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका-४ स्थित टेलरिङ फयाक्ट्रीको पछाडि अन्दाजी ५० वर्षीय पुरुषको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको स्थानीयले जानकारी दिएका छन् ।

शव भेटिएको स्थानमा मदिरा र बियरका बोतलहरु प्नि भेटिएको स्थानियहरुको भनाई छ । जिल्ला प्रहरी प्रमुख कार्यलयका एसपी नरेन्द्रकुमार कार्कीले एक जना पुरुषको हत्या भएको पुष्टि गर्दै घटनास्थलतर्फ प्रहरीको अनुसन्धान टोली खटिरहेको र अनुसन्धानपछि मात्र थप सबै कुरा थाहा हुने बताए ।