जन्मकैदको फैसला सदर भएपछि रेशम चौधरीले कारागार बोलाए पार्टीका नेताहरूलाई

जेठ ३, काठमाडौँ | नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले आफू विरुद्व जन्मकैदको फैसला सदर भएपछि पार्टीका नेताहरूलाई आफू रहेको डिल्लीबजार कारागारमा बोलाएका छन् । टीकापुर घटनाका आरोपी रेशम चौधरीसहित सातजना विरुद्ध कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सर्वोच्च अदालतबाट पनि सदर भएको छ । सोही विषयमा छलफल गर्न बिहान चाैधरीले बुधबार बिहान १० बजे डिल्लीबजार कारागारमा बोलाएको पार्टी निकट स्रोतले जानकारी दिएको छ ।

२०७२ सालमा संविधान जारी हुनुभन्दा एक महिनाअघि कैलालीको टीकापुरमा हिंसा भड्किँदा सात जना सुरक्षाकर्मी र एक नाबालक मारिएको घटनामा दोषी पाइएपछि रेशम चौधरीले जेलजीवन बिताइरहेका छन् ।

उनै चौधरीले सोही विषयमा छलफल गर्न आफ्नो पार्टीका नेताहरूलाई कारागार बोलाएका हुन् ।