दैलेखको भैरवी २ मा आगलागि पशु, चौपाय, नगद सहित लाखौको क्षेती

दैलेखको भैरवी गाउपालिका वडा नम्बर २ रावतकोटमा करिव रातको १२ बजेको समयमा आगलागि भएको छ । आगलागि बाट राम बहादुर थापाको ढुङ्गा माटोले बनेको २ (दुई) तले कच्ची घर जलेर पुणर् रुपमा नस्ट भएको वडा अध्यक्ष मिन बहादुर थापाले जानकारी दिएका छन । अचानक आगलागि भएको हुँदा केही सामान पनी निकाल्न नसकिएको र नजिकै गोठमा रहेका पशु चौपायहरु समेत जलेको उनले बताए । ५ ओटा बाख्रा र एउटा गोरुको जलेर मृत्यू भएको उनले जानकारी दिएका छन ।

आगलागिको कारण खुली नसकेको र प्रहरीले अनुसन्धान गरिरहेको अध्यक्ष थापाले बताए । आगलागि पिडितको ब्यवस्थापनका लागि सबै संघ सस्था र नगरपालिकामा मौखिक अनुरोध गरिएको र तत्काल पत्राचार समेत गरेर राहत उपलब्ध गराउने उनले बताएका छन ।