
काठमाडाैं,जेठ १ । सोमबार विद्यार्थी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै संघीयता जोखिममा पर्ने अवस्था देखिएको बताएका हुन् । उनले लोकतन्त्र, गणतन्त्र र संविधान संकटमा पर्न थालेको पनी बताए ।
लोकतन्त्र जब संकटमा पर्न थालेको छ, गणतन्त्र जब संकटमा पर्न थालेको छ, संविधान नै संकटमा पर्ने अवस्था देखिँदैछ । संघीयता जोखिममा पर्ने अवस्था देखिँदैछ । यस्तो अवस्थामा कम्युनिष्टहरुले फेरि आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने आवश्यक्ता छ ।
उनले अब कम्युनिष्ट पार्टीहरु एक भइ आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने आवश्यकता देखिएको बताए। उनले कम्युनिष्टहरु एक भएर नागरिकको जनजीविका, सामाजिक न्याय र समानताको झण्डा उठाउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘कम्युनिष्टहरुले उठाउने तेस्रो झण्डा भनेको जनजीविकाको झण्डा हो । सामाजिक न्यायको झण्डा हो । समानताको झण्डा हो । विकासको र समृद्धिको झण्डा हो । यसले यी तीन कुरालाई अहिले हामीले बोकिरहेका छौँ।’
उनले विकासलाई अघि बढाइरहे पनि चाहे अनुसारको विकास हुन नसकेको बताए । अध्यक्ष नेपालले समाजमा विकृति र विसंगतिको चाङ रहेको भन्दै यसलाई उखेलेर फाल्नुपर्ने बताए ।
