काठमाडौं महानगरपालिकाले राजस्व बढाउन पसल-पसल गएर व्यवसाय दर्ता गर्ने भएकाे छ ।

काठमाडाैं,जेठ १ । सोमबार बसेको १५ औं कार्यपालिका बैठकमा महानगरका प्रमुख बालेन शाहले वडामा गएर दर्ता गर्न व्यवसायीले झन्झटिलो मान्ने हुँदा पसल-पसल गएर व्यवसाय दर्ता गरिदिने बताएका हुन्।‘होम डेलिभरी सरकार महानगरको नीतिमै भएको र कतिपयलाई वडामा आएर लाइनमा बसेर व्यवसाय दर्ता गर्न झन्झटिलो हुने हुँदा यो कार्यक्रम ल्याइएको हो,’ उनले भने।

यस्तै नागरिकको व्यवसाय दर्ता गरिदिएर अनलाइन प्रणालीबाट वार्षिक शुल्क तिर्न पनि सिकाइने उनले बताए।बैठकमा राजस्व समितिका अध्यक्ष नवराज पराजुलीले धेरै मानिस करको दायरामा आउन बाँकी हुँदा उनीहरूलाई अभिप्रेरित गर्ने उद्देश्यले टास्क फोर्स बनाएर वडा समितिमार्फत वडामा काम गर्ने कार्यक्रम पेश गरेका थिए।
उक्त टाक्स फोर्सका लागि सदस्यहरू सम्बन्धित वडाध्यक्ष आफैंले तोक्ने छन्।

उक्त कार्यक्रम संचालन गर्न ठूला वडालाई २ लाख मझ्यौलालाई साढे एक १ लाख र सानोलाई १ लाख बजेट दिन कार्यपालिकामा पेश गरिएको थियो। उक्त रकम फिल्डमा खट्ने कर्मचारीलाई प्रदान गरिने छ।