हावाहुरीले ढालेको रुख शरीरमा पर्दा एक महिलाको मृत्यु


जेठ १,काठमाडाैँ । हिजो साँझ राजधानीमा आएको हावाहुरीका कारण एक महिलाको मृत्यु भएको छ । काठमाडौँको मातातीर्थमा ढलेको रुखले थिचेर ४२ वर्षीया नीराकुमारी महर्जनको निधन भएको जनाइएको छ । चन्द्रागिरी नगरपालिका ८, मातातीर्थस्थित कुण्ड नजिकैको सडकमा हिँडिरहेको अवस्थामा रुखले किचेपछि स्थानीय महर्जन गम्भीर घाइते भएकी थिइन् । सानेपास्थित स्टार अस्पतालमा उपचारको क्रममा राति साढे १० बजे उनको निधन भएको प्रहरीले जनाएको छ ।