अज्ञात ब्यक्तीद्धारा दैलेखको दुल्लु वडा स्वास्थ्यचौकीमा आगजनी


दैलेखको दुल्लु नगरपालिका वडा नं.७ मा रहेको स्वास्थ्यचौकीमा आगजनी गरिएको भएको छ । अज्ञात समुहले रातीको समयमा आगजनी गरेको वडा अध्यक्ष कविराम रावतले बताएका छन् ।

३० गते राती भएको आगजनी कस्ले गर्यो किन भन्ने भन्ने बिषयमा पत्ता लगाउन प्रहरी, स्थानिय र आफु स्वएं समेत लागिरहेको रावतले बताएका छन् । उनले भने पहिला पनी रातको समयमा तोडफोत गर्ने, कुर्सी भाँचिदिने, दिसा पिसाव गरेर फोहोर गरिदिने कार्यहरु भैरहेका थिए । बदमास हरुले यति सम्म गर्लान भनेर सोचेकै थिएनौ ।
अध्यक्ष रावतले यो घटनालाई गम्भिर रुपमा लिएको र सम्बन्धीत दोषीलाई पत्ता लगाएरै छाडिने बताएका छन् ।

उनले भने रातिको समयमा ताला फोडेर योजनाबद्ध रुपमा आगजनी गरिएको छ । सार्वजनिक सम्पत्तीको हानी गरिएको छ । यो निन्दनिय कार्यको जती भत्र्सना गरेपनी कम हुन्छ । आगलागिबाट १० लाखको क्षेती भएको अध्यक्ष रावतले बताएका छन् ।