सुर्खैतको बड्डिचौर बजारमा ८ वटा सीसी क्यामेरा जडान

वैशाख ३१, सुर्खेत । सुर्खतको बराहताल गाउँपालिका वडा न. ५ बडिचौरमा बजार क्षेत्रको विभिन्न चोक/स्थानहरूमा CCTV जडान गरिएको छ । CCTV जडान उद्धघाटन कार्यक्रमको आयोजना बराहताल गाउँपालिका गाउँ कार्यपलिकाको कार्यालय र अस्थायि ट्राफिक पोष्ट बडिचौरले गरेको थियो । कार्यक्रमको अध्यक्षता बराहताल गाउँपालिकाका अध्यक्ष भिम बहादुर भण्डारीले गर्नु भएको थियो भने र प्रमुख अतिथिको रुपमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख डिआईजि भिम ढकाल हुनुहुन्थ्यो । कार्यक्रमलाई भव्य र सभ्य बनाउनको लागि कार्यक्रम संचालन बराहताल गाउँपालिकाका आईटी अफिसर गोविन्द सिजापतिले गर्नु भएको थियो । सो कार्यक्रममा स्थानिय जन प्रतिनिधि, बजार व्यवस्थापन समितिको पदाधिकारी, पार्टी प्रतिनिधि, व्यापार व्यवसायी, समाजसेवी तथा स्थानिय मानिसहरुको उपस्थिति रहेको थियो ।

यसै अन्तर्गत बराहताल गाउँपालिकाले आ.व. २०७९/८० को बजेट शिर्षकमा विनियोजन गरी शान्ति सुरक्षा, सडक सुरक्षा लगाएत अवाञ्छित क्रियाकलाप निगरानी समेत गर्न तथा सार्वजनिक सुरक्षा व्यवस्थापनमा प्रविधिको प्रयोगको लागि अस्थायी ट्राफिक पोष्ट बडिचौरमा कन्ट्रोल रुम(Control Room) स्थापना गरी बजारको विभिन्न चोक तथा बाटोहरुमा जम्मा आठ(८ ) स्थानमा ८ वटा सिसीटिभि क्यामेरा जडान गर्ने कार्य सम्पन्न गरेको थियो । कार्यक्रममा स्वागत मन्तव्य बराहताल गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष धिमराज जुल्मी मगरले राख्नु भएको थियो । CCTV को उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि डिआईजि भिम ढकाल र गाउँपालिकाका अध्यक्ष भिम बहादुर भण्डारीले संयुक्त रुपमा गर्नु भएक थियो । त्यसैगरी शुभकामना मन्तव्य बराहताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुन मगर वडा नं. ५ का पूर्व अध्यक्ष तिलक मर्साङ्गि, पार्टी प्रतिनिधि रुद्र बि.क ले राख्नु भएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि डिआईजि भिम ढकालले CCTV सुरक्षा व्यवस्थापनको आधुनिक र प्रभावकारी उपरकरण हो । यसैरी बजार क्षेत्रका हरेक चोक/स्थानहरूमा CCTV राख्दा घटनाहरु कसरी घट्छन्, तिनको कारणहरु सजिलै पत्ता लगाइ घटने घटनाहरू न्यूनीकरण गर्नको लागि को दोषि को निर्दोष भन्न सजिलो हुने तथा आगामी दिनमा सबै प्रकारको सुरक्षा लिन र दिनको लागि हामिलाई सजिलो हुने बताउनु भयो । बराहताल गाउँपालिकाले सह्रानीय काम गरेको छ जुन कामले शान्ति सुरक्षा अमन चयन हुने अझ बढि विश्वास र आगामी दिनमा बजार क्षेत्रमा हुने विभिन्न किसिमका चोरी डकैती, तस्करी, सवारी दुर्घटनाहरु कम हुने विश्वास गर्द्छु भन्नु भएको थियो । कार्यक्रमका सभाध्यक्ष तथा बराहताल गाउँपालिकाका अध्यक्ष भिम बहादुर भण्डारीले CCTV जडानको काम भै सकेको हुनाले अबदेखि कोहि कसैबाट अवाञ्छित काम गरेमा कसैले छुट नपाउने तथा यस्ता जडान कार्यलाई आगामि आर्थिक बर्षका बजेटको शिर्षकमा विनियोजन गरी अन्य स्थानहरूमा पनि जडान गर्ने कुरा बताई कार्यक्रम सम्पन्न भएको थियो ।