कर्णाली प्रदेश प्रहरीले गर्यो एकै दिनमा २५ वटा सचेतनामुलक कार्यक्रम

कर्णाली प्रदेश प्रहरीले जिल्लाका विभिन्न स्थानहरुमा सचेतनामुलक कार्यक्रम गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालुयका अनुसार मिति २०८०।०१।२७ गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा-४, सुर्खेत ४, हुम्ला-२ जाजरकोट-४ दैलेखमा – ११ वाट स्थानहरुमा बाल विवाह, ट्राफिक नियम, सुरक्षित कर्णाली प्रदेश विशेष अभियान, जबरजस्ती न्यूनिकरण, जातिय छुवाछुवा भेदभाव तथा अभद्र ब्यवहार न्यूनिकरण सम्बन्धी, साईबर अपराध, सवारी सुर्घटना न्यूनिकरण, लागु औषध, घरेलु हिंसा, आत्महत्या, लागु औषध, लैगिक हिंसा सम्बन्धी विषयहरुमा सचेतनामुलक कार्यक्रम गरेको हो ।

कार्यक्रममा स्थानिय मानिसहरू, जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधि, व्यवापारी, समाजसेवी, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिती रहेको थियो । जसबाट एकैदिनमा करीब ११,०० भन्दा बढि मानिसहरूलाई विभिन्न विषयमा सचेतना दिएको छ । रुकुम पश्चिममा सोनो भेरी गा.पा. वडा नं.३ पेदि बजारमा महिला तथा घरेलु हिंसा न्यूनीकरण, मुसिकोट न.पा.वडा न.७ स्थित स्थानिय बजारमा आत्महत्या न्यूनिकरण, आठबिसकोट न.पा.वडा न.४ स्थित स्थानिय बजारमा सुरक्षित कर्णाली प्रदेश अभियान अन्तर्गत ट्राफिक नियम पालन तथा सवारी दुर्घटना न्यूनीकरण, त्रिवेणी गा.पा.वडा न.९ मा जबर्जस्ती करणी न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन गरीएको हो । यस्तै सुर्खेतमा चिङ्गाड गाउँपालिका वडा नं.०५ स्थित अवलचिङमा जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी, भेरीगंगा नगरपालिका वडा नं. १२ स्थित शुन्दर बजार टोलमा जबरजस्ती करण न्यूनिकरण र बाल यौन दुर्व्यवाहर सम्बन्धी, गुर्भाकोट नगरपालिका वडा नं. ४ स्थित आँप टाकुरामा बाल बिवाह र लागु औषध सम्बन्धी, गुर्भाकोट नगरपालिका वडा नं.५ स्थित बबई प्रहरी पोष्‍ट नजिक यात्रु भेला जम्मा गरी बाल विवाह र साईबर अपराध न्यूनिकरण सम्बन्धी कार्यक्रम संचान गरेको छ । हुम्लामा सिमकोट गा.पा. वडा नं.२ र खार्पुनाथ गाउँपालिका वडा नं. ४ स्थित छिप्रा गाँउमा घरेलु हिंसा न्युनिकरण र लागु औषध सम्बनधी जनचेतना मुलक कार्यक्रम कार्यक्रम संचालन भएको छ ।

यस्तै जाजरकोट शिवालय गा.पा.६ स्थित पौवा, भेरी न.पा. वडा न. ३ र १३ मा, छेडागाड न.पा.१३ स्थित दमार भन्ने स्थानमा बाल विवाह, महिला हिंसा न्युनिकरण र साईबर अपराध सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको हो । दैलेख दुल्लु नगरपालिका वडा नं.८ र १३, नौमुले गाउँपालिका वडा नं.२ रापड, भैरबि गाउँपालिका वडा नं.३ र ६, चामुण्डा बिन्द्रासैनि नगरपालिका वडा नं.३, ६ र ७, गुराँसपालिका वडा नं. ४ श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा घोडाबास, नारायण नगरपालिका वडा नं.३ खुर्सानि, आठबिस नगरपालिका वडा नं. १ मा घरेलु हिंसा, बाल विवाह, लागुऔषध, सवारी दुर्घटना, लैंगिक हिंसा सम्बन्धी महत्वपूर्ण विषयमा सचेतनामुलक कार्यक्रम संचालन गरिएको छ । जसबाट आम मानिसहरूमा अपराधहरूप्रति सचेतना बढेको कुरा कर्णाली प्रदेश प्रहरी कार्यालयले बताएको छ ।