गठबन्धनका नाममा अलोकतान्त्रिक र विकृत राजनीतिक अभ्यास भयो : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा अलोकतान्त्रिक र विकृत राजनीतिक अभ्यास भइरहेको बताएका छन् । बिहीबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटीको पाँचौँ बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले नेपालको संविधानले बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणालीको प्रबन्ध गरे पनि त्यसविपरित गठबन्धनका नाममा अलोकतान्त्रिक र विकृत राजनीतिक अभ्यासमा सत्तासीन दलहरू लागेको बताएका हुन् ।