आगलागीमा परी दौलेखका १२ जना घाइते, एकको अवस्था गम्भिर

दैलेख,बैशाख २७ । आगलागीमा परी दैलेखका १२ जना घाइते भएका छ्न् । दैलेखको आठबीस नगरपालिका वडा नं. ६ मा पर्ने सामुदायिक वनमा लागेको आगलागीमा परी सोहि ठाउँका स्थानीयहरू घाइते भएका हुन् ।

घाइते मध्ये १ जनाको अवस्था गम्भिर रहेको र बाँकी ११ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । गम्भिर घाइतेलाई उपचारका लागि हेलिकोप्टर मार्फत नेपालगन्ज पुर्याइएको छ ।

स्थानीय स्रोतले दिएको जानकारी अनुसार उनिहरू आगलागी भईरहेको वनमा काम गर्न गएका थिए ।