जटिलता छन् तर हामी सुशासनका निम्ति गम्भीर भएर लागेका छौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय र सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकार नराम्रा काम गर्दै नगर्ने पक्षमा रहेको बताए ।देशको सुशासनका लागि सबैले साथ दिन आवश्यक रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । वर्तमान अवस्थामा पनि जटिलताहरू धेरै रहेको उल्लेख गर्दै इमान्दार कम्युनिस्टहरूको आवश्यक्ता रहेको उनको भनाइ छ ।