भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी जफत गर्न माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी जफत गर्न माग गरेका छन् । 

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरू देश छोडेर भाग्न सक्ने खतरा भएको भन्दै राहतदानी तुरुन्त जफत गर्न माग गरेका हुन् । उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र रूपले काम गर्न दिनुपर्ने र प्रहरीले जुटाएको प्रमाण बीचमै हराउनु नहुने पनि बताए । उनले अपराधीलाई बचाउन खोजेमा रास्वपाले सडक र सदन दुवैमा जनताको आक्रोशलाई साथ दिने बताए ।