अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

मंगलबार अमेरिकी डलरको भाउ घटेको छ भने युरोपियन युरो र क्यानेडियन डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ५८ पैसा र बिक्रीदर १३१ रुपैयाँ १८ पैसा कायम गरिएको छ।
सोमबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १ पैसा घटेको हो।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ २६ पैसा र बिक्रीमा १४४ रुपैयाँ ९२ पैसा पाइन्छ।
सोमबार युरो एकको खरिददर १४३ रुपैयाँ ९० पैसा र बिक्रीदर १४४ रुपैयाँ ५६ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३६ पैसा घटेको हो।
क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३१ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ६९ पैसा र बिक्रीमा ८९ रुपैयाँ १० पैसा तोकिएको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६६ रुपैयाँ १३ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ ४३ पैसा र बिक्रीमा २९ रुपैयाँ ५७ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ १९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ९५ पैसा तोकिएको छ।