शरणार्थी प्रकरणबारे रविको चेतावनी  मिलिजुली उम्काउने काम नहोस्

काठमाडौँ,बैशाख २५ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पुर्‍याएका खबरले अहिले नेपाली मिडिया तथा संसद् तातेको छ। सरकारले उक्त प्रकरणको छानबिन गरिरहेको अवस्थामा भुटानी शरणार्थी भएको अचम्ममा परेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई आफूहरूले नजिकबाट नियालिरहेको बताएका छन् ।

आज संसदलाई सम्बोधन गर्दै रास्वपाका सभापतिसमेत रहेका उनले दोषीलाई मिलिजुली उम्काउने काम नगर्न चेतावनी दिएका छन् । 

‘दोषी कोही नउम्कििउन् । मिलीजुली एक–अर्कालाई जोगाउने काम नहोस्,’ उनले भने, ‘हामी यसलाई अत्यन्त नजिकबाट नियालिरहेका छन् ।’

ताप्केको बिँड तात्दै गर्दा स्वयम् ताप्के भने सेलाएको भन्दै उनले सरकारको आलोचना गरे ।

‘ताप्केको बिँड तात्यो, तात्दै गरेको ताप्के भने सेलाएको छ,’ उनले थपे । 

दर्ता भएका तथा दर्ता हुनबाट छुटेका गरी करिब ९ हजार भुटानी शरणार्थी अहिले मोरङको शनिश्चरे तथा झापा दमकको बेलडाँगी शिविरमा बसोबास गर्दै आएका छन्।

युनएनएससीआर तथा अन्य दातृ निकायले दिने सेवा पनि अहिले दिन छाडेको छ। उनीहरूको शिक्षा तथा स्वास्थ्यको जिम्मेवारी अहिले स्थानीय तहले लिएको छ